गेटामा चिकित्सकलाई घाम ताप्ने अस्पताल बनेको गुनासो 

maya metro hospital
अत्तरिया – कैलालीको गेटामा सरकारले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय घोषणा गरे पनि हाल चिकित्सकले घाम ताप्ने अस्पताल बनेको गुनासो गरिएको छ । गेटामा विश्वविद्यालयका लागि लामो समय देखि संघर्ष गरिरहेको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिले नेपाल सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलाई भेटेर सो गुनासो गरेको हो ।
attariya hospital
मंगलबार एमाले बैतडीको अधिवेशनमा सहभागी भएर काठमाडौँ फर्किन धनगढी पुगेका भण्डारीलाई भेटेर संघर्ष समितिले गेटामा हालसम्म हुनुपर्ने उपलब्धी अझैँ नभएको गुनासो पोखेको थियो । सङ्घर्ष समितिका संयोजक लोकराज पाण्डेयले विश्वविद्यालयको अस्पताल हाल ओपिडीमा सेवामा सीमित बनेको बताए ।
उनले भने ‘यहाँ एक सय शय्याको अस्पताल भनेर सञ्चालन गरिएको छ, त्यो अस्पताल ओपिडी सेवामा सीमित छ, चिकित्सकलाई घाम ताप्न ठिक्क भएको छ, न यहाँ अप्रेसन सेवा छ, न एम्बुलेन्स सेवा, न प्रस्तुति सेवा नै छ, खाली नामको अस्पताल खोलिएको छ ।’
उनले विश्वविद्यालयको प्रक्रिया पुरा गरी तत्काल ५ सय शैय्या सहितको अस्पताल सञ्चालन गर्न माग गरे ।
जवाफमा मन्त्री भण्डारीले गेटामा विश्वविद्यालयका लागि आफूले पनि सङ्घर्ष गरेकाले यसलाई अवधारण अनुसार सञ्चालन गर्न सक्रिय भएर लाग्ने बताएका थिए । ‘म सधैँ यहाँको जनताको आवाजको पक्षमा थिए र रहने छु’ भण्डारीले भने ‘अहिले फेरी सरकारमा जाने अवसर मिलेको छ । म गेटाका लागि सम्पूर्ण पहल गर्ने छु ।’
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.