अत्तरिया – शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय अन्तरगत संचालित गेटा अस्पताललाई भवन हस्तान्तरण गरिएका छन । आइतबार पूर्वाधार विकास निर्माण समितिले ६ वटा भवन अस्पताललाई हस्तान्तरण गरेको हो ।


गेटा मेडिकल कलेज पूर्वाधार विकास निर्माण समितिका सदस्य सचिव वैकुण्ठ सुवेदीले उक्त भनव अस्पतालका निर्देशक डा.विप्लव सापकोटालाई भवन हस्तान्तरण गरेका थिए ।

विश्वविद्यालय अन्तरगत गेटामा कात्तिक १ गतेदेखि अस्पताल सञ्चालनमा आएको थियो ।
