बैतडीमा घरघरमै पुगेर नसर्ने रोगको पहिचान गरिँदै 

 

बैतडी – बैतडीमा घरघरमै पुगेर नसर्ने रोगहरुको पहिचान गर्न थालिएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मेलौली अन्तर्गत सञ्चालनमा रहेका नागरिक आरोग्य सेवा केन्द्रहरुले घरघरमै पुगेर नसर्ने रोगहरुको पहिचान गर्न थालेको हो ।

maya metro hospital

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मेलौलीका प्रमुख हिक्मत चन्दले पछिल्लो समय जनस्वास्थ्यको विकराल समस्याको रुपमा देखा पर्न थालेका नसर्ने रोगहरुको पहिचान गर्न थालिएको बताएका छन ।

citizen security services

जिल्लाको पुर्चौंडी नगरपालिका, सुर्नया गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा सञ्चालित नागरिक आरोग्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरुले घरघरमै पुगेर नसर्ने रोगहरुको पहिचान गरिरहेका चन्दले बताए । मधुमेह, उच्च रक्तचाप, मोटोपन लगायतका रोगहरुको पहिचान गर्ने कार्य जारी रहेको उनले बताए ।

attariya hospital

जिल्लाको शिवनाथ गाउँपालिकामा पनि केही दिनभित्रै यो अभियान सञ्चालन हुने उनको भनाई छ । नसर्ने रोगहरुको पहिचान गरेर बिरामीहरुका लागि आवश्यक औषधिहरुको व्यवस्थापन गर्न यो अभियान सञ्चालन गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.