सुदूरपश्चिमका ५ लाख बढी बालबालिकालाई दादुरा-रुबेला खोप लगाइँदै, कुन जिल्लाका कति ?

अत्तरिया- सुदूरपश्चिमका ५ लाख बढी बालबालिकालाई दादुरा-रुबेलाविरुद्धको खोप लगाइँदै छ । प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार ५ लाख २३ हजार ८ सय ३९ जना बालबालिकालाई दादुरा-रुबेलाविरुद्धको खोप लगाइने भएको हो ।

maya metro hospital

जसमा कैलालीका मात्रै २ लाख ४० हजार ७ सय ५८ जना बालबालिका रहेका छन् । प्रदेशका दुई जिल्लामा ९ महिनादेखि १५ वर्ष उमेर समूह र बाँकी सात जिल्लामा ९ महिनादेखि ५ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाइँदै छ । कैलाली र कञ्चनपुरमा ९ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई यो खोप लगाउन लागिएको हो ।

यी दुई जिल्ला उच्च जोखिममा रहेकाले ९ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउन लागिएको स्वास्थ्य निर्देशनालयका खोप कार्यक्रम फोकल पर्सन मीनराज जोशीले बताए । ‘यी दुई जिल्लामा जनसंख्याको अनुपात धेरै, भारतसँग सीमा जोडिएका हुँदा र उच्च जोखिममा रहेका हुँदा ९ महिनादेखि १५ वर्षसम्मकै बालबालिकालाई खोप लगाउन लागिएको हो,’ उनले भने ।

attariya hospital

कैलालीमा ९ महिनादेखि ५ वर्षमुनिका ५९ हजार ३८ र ५ वर्षदेखि १५ वर्षमुनिका १ लाख ८१ हजार ७२० जना बालबालिकालाई दादुरा-रुबेलाविरुद्धको खोप दिइँदै छ । कञ्चनपुरमा ९ महिनादेखि ५ वर्षमुनिका ३३ हजार १ सय ६८ र ५ देखि १५ वर्षमुनिका १ लाख ३२ हजार ३ सय ६४ जना गरी १ लाख ६५ हजार ५ सय ३२ जना बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप दिइँदै छ ।

यी बाहेका अन्य सात जिल्लामा भने ९ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई खोप लगाइँदै छ । अछाममा २३ हजार ३७९, बैतडीका २१ हजार ३२४, बझाङका १८ हजार ३७६, डोटीका १८ हजार २९५, बाजुराका १३ हजार ९४२, डडेल्धुराका ११ हजार ८२३ र दार्चुलाका १० हजार ४१० जना बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप लगाइँदै छ ।

आजबाट सुरु भएको खोप अभियान अन्तर्गत कैलालीमा ९६५ ओटा खोप केन्द्र राखिएका छन् भने कञ्चनपुरमा ६१२ ओटा खोप केन्द्र राखिएका छन् । त्यसैगरी डोटीमा ३७८, अछाममा ३४९, बैतडीमा ३६२, दार्चुलामा २२४, डडेल्धुरामा १८१, बाजुरामा १६५ र बझाङमा १४७ गरी प्रदेशभर ३ हजार ३८२ ओटा खोप केन्द्र राखिएका छन् । प्रदेशभर ६ हजार ७६४ जना स्वास्थ्यकर्मीले खोप दिनेछन् भने ८ हजार ३४० जना स्वयंसेवक परिचालन गरिएको छ ।

निर्देशनालयका खोप कार्यक्रम फोकल पर्सन मीनराज जोशीका अनुसार यो वर्ष प्रदेशका बालबालिकाहरुमा दादुरा-रुबेला रोग देखा परेको छैन । गत वर्ष भने कैलालीका ४९, कञ्चनपुरका ३२ र बाजुराका १३ गरी ९४ जना बालबालिकामा दादुरा-रुबेला रोग देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.