सुदूरपश्चिममा आगलागीबाट ५ जनाको मृत्यु, झण्डै १५ करोडको क्षति

अत्तरिया- सुदूरपश्चिममा आगलागीबाट ५ जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्ष २०८०/०८१ मा आगलागीका घटनामा परी ५ जनाको मृत्यु भएको हो । प्रदेश प्रहरी कार्यालय धनगढीको तथ्याङ्क अनुसार ८४ ओटा आगलागीका घटनामा ५ जनाले ज्यान गुमाउँदा ५ जना घाइते भएका छन् ।

maya metro hospital

सबैभन्दा बढी आगलागीका घटना कैलालीमा भएका छन् । कैलालीका २० घरमा आगलागीबाट पूर्ण क्षति भएको छ भने ३ घरमा आंशिक र ४ घरमा सामान्य क्षति भएको छ । यी घटनामा एक जनाको मृत्यु हुँदा ४ जना घाइते भएका छन् । अछाम र दार्चुलामा आगलागीमा परेर २/२ जनाको मृत्यु भएको छ । अछाममा एक घरमा सामान्य क्षति भएको छ भने दार्चुलामा ५ घरमा पूर्ण क्षति पुग्दा ३ घरमा आंशिक क्षति पुगेको छ ।

citizen security services

त्यसैगरी कञ्चनपुरमा आगलागीबाट २ घरमा पूर्ण क्षति, ७ घरमा आंशिक र ४ घरमा सामान्य क्षति भएको छ । मानवीय क्षति भने भएको छैन । बाजुरामा आगलागीमा परी एक जना घाइते भएका छन् । जिल्लामा ७ घरमा पूर्ण क्षति, २ घरमा आंशिक र १ घरमा सामान्य क्षति भएको छ । बझाङमा १६ घरमा पूर्ण क्षति, १ घरमा सामान्य क्षति र एक पसलमा पनि आगलागी भएको छ ।

attariya hospital

बैतडीमा ४ घरमा आंशिक क्षति, डोटीमा ३ घरमा आंशिक क्षति र डडेल्धुरामा १ घरमा आंशिक क्षति भएको तथ्याङ्क छ । डडेल्धुराका ३ पसलमा आगलागी भएको छ । प्रदेशभरका ५० घरमा पूर्ण क्षति, २३ घरमा आंशिक र ११ घरमा सामान्य क्षति पुगेको छ भने ४ पसलमा पनि क्षति पुगेको छ । प्रदेशभर आगलागीमा परी ४२ चौपाया मरेका छन् ।

यो अवधिमा आगलागीबाट झण्डै १५ करोड रुपैयाँ बराबरको क्षति भएको छ । प्रहरीको तथ्याङ्क अनुसार प्रदेशभर भएका आगलागीका घटनाबाट १४ करोड ८६ लाख ५६ हजार १ सय ५० रुपैयाँ बराबरको क्षति भएको छ । जसमा सबैभन्दा बढी कैलालीमा ९ करोड १० लाख १० हजार रुपैयाँको क्षति हुन पुगेको छ ।

प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दिल्लीराज विष्टले प्रदेशमा आगलागीका बढीजसो घटना विद्युत सर्ट भएर हुने गरेको पाइएको बताए । ‘आगलागीका विभिन्न कारण हुन आउँछन्, पहिलो कुरो त विद्युत सर्ट भएर आगलागी हुने गरेको छ’, उनले भने । मान्छेकै हातबाट हुने विभिन्न लापरबाही तथा गल्तिले पनि आगलागीका घटना निम्त्याउने गरेको उनी बताउँछन् ।

‘मान्छेले लापरबाही गर्दा पनि आगलागी हुने गरेको छ, बालेको आागो निभाउन भुल्दा हावाहुरीले सल्केर, चाडपर्वका बेला सावधानी नअपनाउँदा दियोबाटै आगो सल्केर, खाना पकाउने ग्यास आदिबाट आगलागी हुने गरेको छ’, उनले भने । उनले आगलागीबाट धनमालको क्षतिका साथै मानवीय क्षति समेत भइरहेको हुँदा सावधानी अपनाउन आग्रह पनि गरेका छन् ।

 

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.