कञ्चनपुर- कञ्चनपुरमा ७० किलो ब्रोइलर कुखुरा बरामद गरिएको छ । जिल्लाको बेलौरी नगरपालिका-१ भुपु सैनिक टोलबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका ७० किलो ब्रोइलर कुखुरा बरामद गरिएको हो ।

२१ हजार मूल्यका उक्त ब्रोइलर कुखुरा आवश्यक प्रक्रिया पूरा गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
