गोदावरीमा पहिलो पटक उद्योग दर्ता

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा पहिलो पटक उद्योग दर्ता भएको छ ।

maya metro hospital

नगरमा आर्थिक ऐन लागु भएपश्चात पहिलो पटक उद्योग दर्ता भएको हो । बिहिबार उद्योग दर्ता गर्न पुगेका वडा नं. २ का शिविराम टमटालाई नगरले प्रमाणपत्र प्रदान गरेको छ । नगरप्रमुख विरेन्द्र भट्टले उनलाई उद्योग दर्ताको प्रमाणपत्र प्रदान गरेका हुन ।

joshi vada pasal 2

टमटाले नगरमा मसिहाँ तामा भाडा नामक उद्योग दर्ता गरेको नगरपालिकाको आर्थिक विकास शाखा प्रमुख लोक बहादुर खड्काले जानकारी दिए । उनले नगरमा पहिले नै आर्थिक ऐन निर्माण भएको भएपनि उद्योग भने पहिलो पटक दर्ता भएको बताए । नगरमा पहिलो पटक उद्योग दर्ता गर्ने टमटालाई सम्मान समेत गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.