अत्तरिया – १४ औँ कैलाली जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा गोदावरीबाट १२९ विद्यार्थी सहभागि भएका छन । बिहिबार देखि धनगढीको कवर्ड हलमा सुरु भएको जिल्ला स्तरिय प्रतियोगितामा गोदावरीबाट १२९ विद्यार्थी सहभागि भएका हुन ।

प्रतियोगितामा सहभागि हुने विद्यार्थीलाई बिहिबार नगरपालिकाले विदाई गरेको छ । नगरप्रमुख विरेन्द्र भट्टले नगरपालिकाको प्राङ्गणमा खेलाडिलाई जर्सी हस्तान्तरण गरेर विदाई गरेका हुन ।

गोदावरीमा नगरस्तरिय राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिता पुष २७ गते देखि २९ गते सम्म सरस्वती मावि गेटामा संचालन भएको थियो । जसमा दुर्गालक्ष्मी नमूना माविले १३ स्वर्ण १६ रजत र १५ कास्य सहित जम्मा ४४ पदक सहित पहिलो स्थान हासिल गरेको थियो । सामुदायिक र सस्थागत गरी ४२ विद्यालय सहभागि प्रतियोगितामा ६६ स्वर्ण, ६२ रजत र ७८ कास्य पदकका लागि प्रतिस्पर्धा भएको थियो ।

जिल्ला स्तरिय प्रतियोगितामा भलिबल, कबड्डी, मार्सलआर्ट, एथलेटिक्स र फुटबल खेलमा गोदावरीका विद्यार्थी सहभागि हुने गोदावरी नगरपालिकाका शिक्षा तथा खेलकुद शाखा प्रमुख प्रयाग राज जोशीले बताएका छन ।