धनगढी – कैलालीमा दुई मोटरसाइकल एक आपसमा ठोक्किदा ४ जना घाइते भएका छन ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत घोडाघोडी नगरपालिका-४ स्थित दुई मोटरसाइकल एक आपसमा ठोक्किदा ४ जना घाइते भएका हुन ।

पश्चिमबाट पूर्व तर्फ जादै गरेकोे घोडाघोडी नगरपालिका-१ का २९ वर्षीय प्रकाश बिनाडीले चलाएको से७प ४२१९ नम्बरको मोटरसाईकल र विपरित दिशाबाट आइरहेको घोडाघोडी नगरपालिका-१० का ३१ वर्षीय दिपेन्द्र कठायतले चलाएको प्रदेश ०३०२०–१२ प ५६३६ नम्बरको मोटरसाईकल एकआपसमा ठोक्किदा दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।
घाइते हुनेमा दुबै मोटरसाइकल चालक र प्रकाशको पछाडी सवार ४० वर्षीया राधिका पाण्डे घाइते भएकी छिन्।
यस्तै दिपेन्द्रको पछाडी सवार २८ वर्षीय असोक सुनार घाइते भएका छन्। घाइते चारै जनाको घोडाघोडी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
















