फिलिपिन्समा पहिरोमा पुरिएर ५ जनाको मृत्यु, ४५ को उद्धार

एजेन्सी- फिलिपिन्सको दक्षिणी क्षेत्रमा पर्ने दाभाओ दी ओरो प्रान्तको एक खानीमा गएको पहिरोमा परि पुरिएका ८६ जनामध्ये उद्धारकर्मीले ४५ जनालाई उद्धार गरेका छन् । पहिरोमा पुरिएर पाँच जनाको मृत्य भएको छ ।

maya metro hospital

सेनाको पूर्वी कमान्डकी प्रवक्ता रोजा मा क्रिस्टिना रोसेट म्यानुएलले घटनास्थल नजिकै रहेका झन्डै ६ सय जनालाई सुरक्षित ठाउँमा सारिएको र पहिरोका कारण कैँयौँ व्यक्ति प्रभावित भएका बताइन् ।

झन्डै १० दिनदेखि परेको पानीका कारण खानीमा पहिरो गएको हो । फिलिपिन्समा यो हप्ता मुसलधारे वर्षाका कारण झन्डै आठ लाख मानिस प्रभावित भएका र २० जनाभन्दा बढीको ज्यान गएको फिलिपिन्स सरकारलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिह्वाले जनाएको छ । यस्तै ४१ जना बेपत्ता छन् ।

 

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.