काठमाडौं – परीक्षा सुरु भएको केही समयमै एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र लिक गर्ने व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कैलालीको घोडाघोडी नगरपालिका–११ स्थायी घर भई हाल भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१ बस्ने ३३ वर्षीय संदिप सिंह रहेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले उनलाई मध्यपुर थिमी नगरपालिका– १ बाट पक्राउ गरेको हो ।

शुक्रबार एमबीएसको ‘एमजीटी ५१५ः अर्गनाइजेसनल बिहेभियर’ विषयको परीक्षा दिउँसो १२ बजेदेखि सञ्चालन भएको थियो। परीक्षा सुरु भएको केही समयपछि एक हजारभन्दा बढी सदस्य भएको ह्वाट्सएप ग्रुपमा प्रश्नपत्र सार्वजनिक भएको थियो ।
















