गोदावरी – १२ मा आयोजित शिविरमा ६ हजार बढी पशुको उपचार

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – १२ सिम, चाप, सल्ली र नायलमा आयोजना गरिएको निःशुल्क पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविरमा ६ हजार बढी पशुको उपचार गरिएको छ । गोदावरी नगरपालिकाको आयोजनामा माघ २१ देखि २३ गते सम्म आयोजित शिविरमा १५४ सेवाग्राहीका ६ हजार ९७ पशुको उपचार गरिएको हो ।

Karma Consultancy
belauri nagarpalika

जसमा गाइगोरु ६८४, बाख्रा ५ हजार १५२, रागो भैसी ९८, कुकुर बिरालो १०८ र कुखुरा ५५ रहेको नगरपालिकाको पशु शाखाका प्राविधिक टेक शाहुले बताएका छन ।

citizen security services

जसमध्ये १ हजार ६२५ बाख्रालाई पिपिआर, ९१ कुकुरलाई रेबिज खोप लगाइएको उनले बताए । शिविरमा १५ बोकाको बन्धाकरण गरिएको थियो ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.