कञ्चनपुरमा अवैध सामान फेला

कञ्चनपुर- कञ्चनपुरमा प्रहरीले अवैध सामान फेला पारेको छ । जिल्लाको भीमदत्त नगरपालिका-११ चौकीसत्ता र वडा नम्बर १० विद्युत कार्यालय अगाडिबाट अन्दाजी १ लाख ५३ हजार ९२२ मूल्यको अवैध सामान बेवारिसे अवस्थामा फेला पारेको हो ।

maya metro hospital

सोमबार गुड, चप्पल, नमकिन, पितलका ताउली, लेहङ्गा, मकैको बिउ, मटर, पेन्ट, बिडी र नरिवललगायत सामान बेवारिसे अवस्थामा फेला पारी कानुन बमोजिम बरामद गरी आवश्यक कारबाहीका लागि भन्सार कार्यालय गड्डाचौकी पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.