कृष्णपुरमा चैते धान र मकैको बीउ वितरण

कञ्चनपुर – कञ्चनपुरको कृष्णपुर नगरपालिकाले चैते धान र मकैको बीउ वितरण गरेको छ । नगरपालिकाको कृषि विकास शाखाको आव २०८०÷८१ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार ८० प्रतिशत अनुदानमा चैते धान र ५० प्रतिशत अनुदानमा मकैको बीउ वितरण गरेको हो ।

maya metro hospital

किसानको मागका आधारमा बीउ वितरण गरिरहेको शाखाका प्रमुख लालबहादुर धामीले बताए । कञ्चनपुरमा कूल धानखेती हुने ४८ हजार चार सय ९६ हेक्टरमध्ये तीन सय हेक्टर जग्गामा चैते धानखेती हुने गरेको छ ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.