कञ्चनपुर- कञ्चनपुरमा प्रहरीले डेढ लाख बढीको अवैध सामान फेला पारेको छ ।

जिल्लाको भीमदत्त नगरपालिका–१० तीनताराबाट भन्सार छली ल्याएका अन्दाजी १ लाख ६८ हजार ४ सय मूल्यका लेडिज सुट, सुईटर, ज्याकेट, गंजि, फोटो फ्रेम, जुत्ता लगायतका सामानहरु आइतवार प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारेको हो ।

उक्त सामान कानुनबमोजिम कारबाहीको लागि भन्सार कार्यालय गड्डाचौकी पठाएको कञ्चनपुर प्रहरीले जनाएको छ ।