खाेज्नुहाेस

अत्तरियामा खुल्यो बर्गर हाउस, नगरप्रमुखले गरे उद्घाटन

Image

अत्तरिया – कैलालीको अत्तरियामा बर्गर हाउस सञ्चालनमा आएको छ । स्थानिय युवा डिल्ली भट्ट लगायत ३ जनाले अत्तरिया चौराह नजिकै बर्गर हाउस सञ्चालनमा ल्याएका हुन । शनिबार गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले रिवन काटेर बर्गर हाउसको उद्घाटन गरेका छन । उद्घाटन पश्चात बोल्दै नगरप्रमुख भट्टले व्यवसाय सेवागत पेशा भएको बताए ।

पर्यटकिय क्षेत्रमा पनि यस्ता किसिमका व्यवसायको महत्व बढी रहने बताउदै उनले पर्यटकहरुलाई आर्कषित गर्न व्यवसायीक रुपमा केही ध्यान पु-याउन आवश्यक रहेको बताए । ‘यसमा तपाईहरुले सरसफाई, मिठो खाना र स्वभावमा ध्यान दिनुपर्ने हुन्छ’ उनले भने ‘काउन्टरमा बस्ने देखी लिएर कर्मचारी सबैले राम्रो स्वभाव देखाउनुभयो भने अवश्य पनि व्यवसाय अगाडी बढ्छ ।’ उनले यस्तो किसीमको व्यवसायले देशविदेशसम्म परिचय बनाउन समेत मद्दत पुग्ने बताए । उनले नगरले पर्यटकको क्षेत्रलाई अगाडी बढाउने विषयमा निजि क्षेत्रले लगानी लगाएको भएपनि नगरको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

add everest academy
attariya hospital
navjiwan hospital

बर्गर हाउसका सञ्चालक डिल्ली भट्टले स्थानियहरुलाई स्वादिष्ट खाना र शुद्ध भोजनको व्यवस्था गर्नका लागि व्यवसाय सञ्चालन गरेको बताए । त्यसका साथै अत्तरियाक्षेत्रमा पारिवारीक वातावरणमा बसेर खाना तथा नास्ता गर्न सकिने अवस्था सृजना गर्न पनि व्यवसायले मद्दत गर्ने बताए । उनले बर्गर हाउसमा नास्ताका सम्पुर्ण परिकारहरु समेत पाईने बताए । ‘यहाँको मुख्य परिकार भनेको बर्गर हो’ उनले भने ‘तर त्यसबाहेक अन्य सम्पुर्ण नास्ताका परिकारहरु पनि यहाँ हुनेछन ।’ भट्टले देशको अर्थतन्त्र नै नाजुक रहेको अवस्थामा यत्रो लगानी लगाएर व्यवसाय सञ्चालन गरेको बताए । उनले व्यवसायलाई गती दिन मेहनत पनि उत्तिकै आवश्यक रहने बताए । उनले अत्तरियामा तत्काल बर्गरको बजार नभएपनि भविष्यलाई सोचेर लगानी गरेको बताए । उनले अत्तरियाक्षेत्रका ग्राहकहरुलाई बर्गरका लागि अत्तरियामा नै रोक्न आफुले प्रयास थालेको बताए ।

अत्तरियाक्षेत्रका भट्टसहित विरेन्द्र थापा, ज्ञानु भट्ट र अमृत खड्काले संयुक्त रुपमा मिलेर उक्त व्यवसाय सञ्चालनमा ल्याएका हुन । व्यवसाय सञ्चालनका लागि करिब डेढ करोड हाराहारी लागेको सञ्चालक डिल्ली भट्टले बताए । उनले बर्गर हाउसमा हाल २० जना कर्मचारीहरु कार्यरत रहेको बताए । उनले उक्त बर्गर हाउसमा प्रत्येक हप्ताको शुक्रबार र शनिबार लाईभ कन्सर्ट गर्ने योजना समेत बनाएको बताए । ‘हामीले यहाँ खाना नास्ताका परिकारका साथै मनोरञ्जन प्रदान गर्ने उद्देश्यले हप्ताको दुई दिन शुक्रबार र शनिबार लाईभ कन्सर्ट गर्ने योजना बनाएका छौ’ उनले भने ‘त्यसले पारिवारीक रुपमा सँगै बसेर खानुका साथै मनोरञ्जन समेत लिन सकिनेछ ।’

उनले पछिल्लो समय सबै मानिस व्यस्त भएकाले पनि हप्ताका दुई दिन केही समय फुर्सदमा रमाईलो गर्ने वातावरण सृजना गर्नका लागि कन्सर्टको योजना ल्याईएको बताए । त्यसका साथै बर्गर हाउसमा अर्गानिक खानाहरुको पनि व्यवस्था गरिने बताईएको छ । जसअन्र्तगत फापरको ढिडो, कोदोको ढिडो, जोरायलको बास्मती चामलको भात लगायतका परिकारहरु रहने भट्टले बताए । उनले पहाडी क्षेत्रमा खाईने अर्गानिक खानाहरुलाई सोही परिवेशमा प्रदान गर्ने गरी भुईमा चकटी बिछ्याएर खाने माहोल बनाउने योजना रहेको समेत बताए ।

attariya technical collage