कञ्चनपुर- कञ्चनपुरमा एक गोठमा आगलागी भएको छ । जिल्लाको बेलौरी नगरपालिका-५ का रामसिंह कार्कीको घर नजिकैको गोठमा आगलागी भएको हो ।

कार्कीका अनुसार बाख्राका पाठालाई जाडोबाट बचाउन आगोमा सेकाउनका लागि आगो बालिएको थियो । मङ्गलवार राति बालेको आगो निभाउन बिर्सिएपछि गोठमा सल्किएको हो । आगलागीबाट काठ, भुसा, काठको धान राख्ने भकारी लगायतका सामाग्री पूर्ण रूपमा जलेको बताइएको छ ।

बुधवार बिहान आगलागी भएको देखेपछि प्रहरी र स्थानीय जनप्रतिनिधिलाई खबर गरी पुनर्वास नगरपालिकाको दमकल र जेसिबीको सहायतामा आगो नियन्त्रणमा लिइएको थियो । बेलौरी नगरपालिकासँग भने दमकल छैन ।
















