अत्तरिया – अत्तरिया महोत्सवमा भेटिएको नक्कली टिकट ठेली प्रकरणको छानबिनको माग गर्दै जिल्ला प्रहरी कार्यालय कैलालीमा किटानी जाहेरी परेको छ । नक्कली टिकट ठेली प्रकरणको छानविनको माग गर्दै अत्तरिया उद्योग बाणिज्य संघद्धारा प्रहरीमा किटानी जाहेरी परेको हो ।
अहिले जाहेरी दर्ताको क्रममा रहेको प्रहरीले जनाएको छ । प्रहरीले किटानी जाहेरीका आधारमा अदालती प्रक्रियामा गएर सम्बन्धित व्यक्तिलाई पक्राउ गर्न मिल्ने भएकाले कसको नाममा किटानी जाहेरी परेको भन्ने बारे भने खुलाएको छैन ।


श्रोतका अनुसार अत्तरिया उद्योग वाणिज्य संघका सचिव समेत रहेका टिकट व्यवस्थापनको जिम्मा पाएका दिलिपकुमार साउँद र दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका स्ववीयु सभापति भुवन महराविरुद्ध किटानी जाहेरी परेको छ ।
जाहेरी दर्ता पछि अदालतले अनुमति दिएमा किटानी जाहेरी दिएका दुवै जनालाई पक्राउ गरिने प्रहरी श्रोतको भनाइ छ ।
अपडेट : नक्कली टिकट ठेली प्रकरणः किटानी जाहेरी पछि अदालतबाट पक्राउ पुर्जी जारी
















