कञ्चनपुर- महेन्द्रनगरको खुला मञ्चमा आजदेखि सुरु भएको तेस्रो मुख्यमन्त्री कप भलिबल प्रतियोगितामा ६ टिमबीच प्रतिस्पर्धा भएको छ । प्रतियोगिताको पहिलो दिन तीन विभागीय टिमले विजयी सुरुवात गरेका छन् ।

नेपाली सेनाको त्रिभुवन आर्मी क्बलले बागमती प्रदेशलाई ३–०, नेपाल प्रहरीले लुम्बिनी प्रदेशलाई ३–० र सशस्त्र प्रहरीले मधेश प्रदेशलाई ३–० को सेटले हराउँदै विजयी सुरुवात गरेका हुन् ।

साँझ कर्णाली प्रदेश र आयोजक सुदूरपश्चिम प्रदेशको टिमबीच प्रतिस्पर्धा हुनेछ । औपचारिक उद्घाटन भएपछि मात्रै आयोजक र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुने बताइएको छ । परराष्ट्रमन्त्री एनपी साउदले औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ ।



















