
बझाङ – बझाङमा मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते भएका छन । जयपृथ्वी नगरपालिका–४ आम्पाटामा मोटरसाइकल दुर्घटना हुँदा जयपृथ्वी नगरपालिका–३ पडेशका २३ वर्षिय चालक शुशिल खड्का र मोटरसाईकल पछाडी सवार सोहि ठाउँका ३६ वर्षिय किशोर खड्का घाइते भएका हुन ।
सदरमुकाम चैनपुरबाट जयपृथ्वी नगरपालिका–३ पडेश तर्फ गइरहेको लु ११ प ६४९७ नम्बरको मोटरसाइकलले विपरित दिशा बाट आईरहेको ट्याक्टरलाई साईडदिनेक्रममा सडकबाट करीब १५० मिटर तल सेती नदीमा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

















