
कञ्चनपुर- कञ्चनपुरमा एक लाख मूल्य बढीको अवैध सामान बरामद गरिएको छ । जिल्लाको भीमदत्त नगरपालिका-४ बसपार्कबाट भन्सार छली लुकाई छिपाई ल्याउँदै गरेका १ लाख ६ हजार १ सय मूल्य बराबरका सामान बरामद गरिएको हो ।
कोट पाइन्टको कपडा, लेडिज गरम सुट, स्विटर, मोजासहितका सामान बिहीबार बेवारिसे अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ । ती सामान भन्सार कार्यालय गड्डाचौकी पठाइएको प्रहरीले बताएको छ ।


















