कञ्चनपुरमा काठ तस्करीको सूचना दिएका वनका अध्यक्ष आफै पक्राउ

कञ्चनपुर- कञ्चनपुरको एक सामुदायिक वनमा अवैध रुपमा रुख कटानी भएपछि वनका अध्यक्षसहित दुई जना पक्राउ परेका छन् । कृष्णपुर नगरपालिका-२ वाणीस्थित गडबिजला सामुदायिक वनमा सालका काचा रुख अवैध रुपमा कटानी भएपछि वनका अध्यक्ष धनीराम चौधरी पक्राउ परेका हुन् ।

Karma Consultancy
belauri nagarpalika

रुख कटानीमा संलग्न रहेको भन्दै अध्यक्ष धनीराम र नारायण चौधरीलाई शनिबार अनुसन्धानका लागि नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय कञ्चनपुरका निमिक्त डिभिजन प्रमुख कालीराम चौधरीले बताए । वनभित्र काटिएका रुख डिभिजन वन कार्यालयले नियन्त्रणमा लिएको छ ।

citizen security services

उक्त वनबाट गत साता तीन ओटा सालका रुख काटिएका थिए । वनका अध्यक्ष धनीराम चौधरीले वनमा गस्ती जाने क्रममा तस्कर समूहले मेसिनले रुख काटेको पाइएको बताएका थिए । सुरुमा काठ तस्करी भएको जानकारी दिने वनकै अध्यक्ष अहिले आफै पक्राउ परेका हुन् ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.