कञ्चनपुर – कञ्चनपुरमा स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

बुधबार साँझ भीमदत्त नगरपालिका -१४ परियामा नजिकैको एसिई पब्लिक विद्यालय बसको ठक्करबाट सोही ठाउँका ३ वर्षीय बालक कार्तिक कुवरको मृत्यु भएको हो ।

से १ क ९९९ नम्बरको बसको ठक्करबाट घाईते भएका बालकको उपचारको क्रममा महाकाली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश डाँगीले बताए ।
बस र चालकलाइ प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिएरहेको जनाएको छ ।
















