खाेज्नुहाेस

भिरबाट खसेकाे ढुङ्गाले लागेर दार्चुलामा महिलाकाे मृत्यु

Image
file photo
navjiwan hospital

दार्चुला – दार्चुलामा भिरबाट खसेको ढुङ्गाले लागेर एक जनाको मृत्यु भएको छ । भिरबाट खसेको ढुङ्गाले लागेर दुहुँ गाउँपालिका–२ गोकुल बस्ने ४० वर्षीया दुरीदेवी बडालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

आइतवार दिउँसो घर नजिकैको सडकमा गिट्टी फुटाउने क्रममा भिरबाट खसेको लागेर बडाल घाइते भएका थिए । उनको उपचारका क्रममा जिल्ला अस्पताल दार्चुलामा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोविन्द भण्डारीले जानकारी दिए ।

add everest academy
attariya hospital