कञ्चनपुर- कञ्चनपुरको महिला तथा वृद्ध सेवा केन्द्र २०८० सालको उत्कृष्ट ज्येष्ठ नागरिक संस्था घोषित भएको छ ।
बुधबार काठमाडौँमा आयोजित ज्येष्ठ नागरिक दिवसको अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले संस्थालाई १ लाख ५० हजार नगदबाट पुरस्कृत गरेको छ । संस्थाका संस्थापक शारदा चन्द ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यबाट सम्मानित भएकी हुन् ।
संस्थाले कञ्चनपुरको भीमदत्त नगरपालिका–५ वनखेतबाट वर्षाैदेखि ज्येष्ठ नागरिक, महिला र बालबालिकाको क्षेत्रमा काम गर्दै आएको छ ।