१ करोड २५ लाख रुपैयाँ घुस लिएको आरोपमा प्रमुख प्रशासकीय अधिकृत पक्राउ

काठमाडौँ- एक करोड २५ लाख रुपैयाँ घुस लिएको आरोपमा पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली पक्राउ परेका छन् । पोखराको मित्रमिलन सहकारीको कार्यक्षेत्र विस्तार गर्न १ करोड २५ लाख रूपैयाँ घुस लिएको आरोपमा उनी बुधवार कार्यकक्षबाटै पक्राउ परेका हुन् ।

maya metro hospital

सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीका पूर्व रजिस्ट्रार पराजुलीका नाममा मित्र मिलन सहकारीका अध्यक्ष रमण पौडेल र प्रवन्धक किरण अधिकारीको बयानका आधारमा पुस ५ गते पक्राउ पुर्जी जारी भएको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीको पत्राचारका आधारमा उनलाई आज पक्राउ गरी पोखरा पठाउने तयारी भएको पर्वतका निमित्त प्रहरी प्रमुख एवम् प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए ।

मित्रमिलन बचत तथा ऋण सहकारीमा बचत गरेको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका अध्यक्ष पौडेल र व्यवस्थापक अधिकारीले सहकारीको कार्यक्षेत्र विस्तार गर्दा पूर्व जिस्ट्रार पराजुलीलाई एक करोड २५ लाख रुपैयाँ घुस दिएको बताएका थिए । उनीहरू दुवै जना २६ करोड रुपैयाँ अपचलन गरेको आरोपमा पक्राउ परेका हुन् ।

 

 

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.