खाेज्नुहाेस

बाजुराको एक घरमा आगलागी, १८ लाखको क्षति

Image
navjiwan hospital

बाजुरा- बाजुरामा एक घरमा आगलागी भएको छ । जिल्लाको त्रिवेणी नगरपालिका–५ किम्नीका देउराम बुढाको घरमा हिजो आगलागी भएको हो ।

विद्युतको तार सर्ट भई आगलागी भएको प्रहरीले बताएको छ । तीन तले सो घरमा आगलागीबाट १८ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । मानवीय क्षती भने नभएको बताइएको छ ।

attariya hospital