कैलाली र कञ्चनपुरमा डेढ लाख बढीका भन्सार छलीका सामान फेला

कैलाली- कैलाली र कञ्चनपुरबाट प्रहरीले एक लाख मूल्य बढीका भन्सार छलीका सामान फेला पारी बरामद गरेको छ ।

maya metro hospital

धनगढी उपमहानगरपालिका–८ धनगढीगाँउबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ५० हजार मूल्य बराबरको प्याज, चिनी, आलु, प्लाष्टिक झिल्ली, साइकल लगायतका सामान बरामद गरिएको छ ।

धनगढी–३ ट्रफिकचोकबाट पनि अन्दाजी २१ हजार २ सय मूल्य बराबरको चिनी, प्याज, साबुन, नरिवल, चप्पल, मसला लगायतका सामान बरामद गरिएको छ ।

attariya hospital

त्यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका–६ ऐठपुर र भीमदत्त–१० तिनताराबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ८९ हजार ८ सय ५ मूल्य बराबरको मिस्री, चिनी, दाल, कपडा, खानेतेल, काजु लगायतका सामान बरामद गरिएको जनाइएको छ ।

प्रहरी गस्ती टोलीले शुक्रबार उक्त सामान बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.