सुदूरपश्चिममा कार्तिकमा मात्रै झण्डै ३९ लाख राजस्व संकलन, दुर्घटनामा २६ जनाको मृत्यु

रक्षा भट्ट, अत्तरिया– सुदूरपश्चिममा कार्तिक महिनामा मात्रै सवारी दुर्घटनामा परी २६ जनाले ज्यान गुमाएका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया, कैलालीका अनुसार कार्तिक महिनामा मात्रै १९ जना पुरुष, ४ महिला र ३ बालबालिका गरी २६ जनाले ज्यान गुमाएका हुन् । जसमा कैलालीका ९, कञ्चनपुरका ३, डडेल्धुराका २, डोटीका ७, अछामका ३, बझाङ र बाजुराका १/१ जना रहेका छन् ।

maya metro hospital

त्यस्तै, दुर्घटनामा २१ जना गम्भीर घाइते र ४२ जना साधारण घाइते भएका प्रहरीको तथ्याङ्कमा उल्लेख छ । प्रदेशमा एक महिनाको अवधिमा ३७ सवारी दुर्घटना हुँदा कैलालीमा मात्रै १८ सवारी दुर्घटना भएका छन् । त्यस्तै, कञ्चनपुरमा ६, डडेल्धुरामा ३, डोटीमा ४, अछाम र बझाङमा २/२ र दार्चुला र बाजुरामा १/१ सवारी दुर्घटना भएका छन् ।

joshi vada pasal 2

झण्डै ३९ लाख रुपैयाँ राजस्व संकलन
कार्तिक महिनामै सवारी साधन कारबाहीबाट झण्डै ३९ लाख रुपैयाँ राजस्व संकलन भएको छ । ६ हजार २ सवारी साधन कारबाहीमा पर्दा ३८ लाख ६८ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको हो । प्रहरीको तथ्याङ्क अनुसार कैलालीमा तीन हजार ७३ सवारी साधन कारबाहीमा पर्दा २१ लाख दुई हजार पाँच सय रुपैयाँ राजस्व संकलन भएको छ ।

यस्तै, कञ्चनपुरमा ८ सय ४६ सवारी कारबाहीमा पर्दा ६ लाख ४ हजार ५ सय रुपैयाँ, डडेल्धुरामा ४ सय ४ सवारी कारबाहीमा पर्दा २ लाख २२ हजार रुपैयाँ र डोटीमा २ सय ९ सवारी कारबाहीमा पर्दा १२ लाख ८ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

बैतडीमा ४ सय ६८ सवारी कारबाहीमा पर्दा २४ लाख ७ हजार रुपैयाँ, अछाममा ३ सय ७९ सवारी कारबाहीमा पर्दा २ लाख ४ हजार रुपैयाँ, दार्चुलामा १ सय ७१ सवारी कारबाहीमा पर्दा ९३ हजार ५ सय, बझाङमा २ सय २९ सवारी कारबाहीमा पर्दा १२ लाख ६ हजार र बाजुरामा २ सय २३ सवारी कारबाहीमा पर्दा एक लाख ४१ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

सबैभन्दा बढी राजस्व मोटरसाइकल कारबाहीबाट उठेको छ । मोटरसाइकल कारबाहीबाट मात्रै १७ लाख ८७ हजार रुपैयाँ राजस्व उठेको छ । त्यसपछि कार, जिप र भ्यानबाट १० लाख ८ हजार रुपैयाँ राजस्व संकलन भएको छ । त्यसपछि ट्याक्टरबाट ३ लाख ५५ हजार रुपैयाँ, टेम्पो तथा अन्य सवारीबाट २ लाख ८१ हजार ५ सय रुपैयाँ, बस तथा मिनी बसबाट २ लाख ४३ हजार ५ सय र ट्र्क ट्याङ्करबाट २ लाख ४३ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

प्रदेशभर कारबाहीमा पर्ने मोटरसाइकल २ हजार ६ सय १५ ओटा छन् । कार, जिप र भ्यान १ हजार ७ सय ६६ ओटा, ट्याक्टर ४ सय ८२, टेम्पो तथा अन्य सवारी ४ सय ५१, बस तथा मिनी बस ३ सय ४६ र ट्र्क ट्याङ्कर ३ सय ४२ ओटा कारबाहीमा परेका प्रहरीको तथ्याङ्क छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.