अत्तरिया – कैलालीको अत्तरिया चोकमा ‘प्लास्टिक निषेधित क्षेत्र’ लेखिएका व्यानर टासिएको छ । गोदावरी नगरपालिकाले तिहारमा प्लास्टिक जन्य पदार्थमा रोक लगाएसंगै अत्तरिया चोकमा व्यानर टासिएका हुन ।

नगरपालिकाले केही दिन अघि तिहारमा प्लास्टिकका फुल, माला विक्रि वितरण गर्न नपाइने सूचना जारी गरेको थियो । सोही सूचना अनुसार चोकमा व्यानर टासिएको नगरपाकिकाका प्रवक्ता गोपाल दत्त भट्टले बताएका छन ।

उनले तिहारमा गोदावरी नगरपालिकामा प्लास्टिकका फुल, माला विक्री वितरण रोकिएकाले त्यसबारे जानकारी दिन उद्देश्यले व्यानर टासिएको बताए ।

विगतका बर्षहरुमा तिहारमा अत्तरिया बजार प्लास्टिकका माला, फुलले ढाकिने गरेको थियो । यस पटक तिहार अगावै नगरपालिकाले यस्ता फुल मालामा रोका लगाएपनि कार्यान्वयन हुनेमा भने चुनौती कायमै छ ।
सीमावती बजारमासहजै प्लास्टिकका माला, फुल विक्री हुने र स्थानीय स्तरमा उत्पादन गरिएको फूलको उत्पादनले बजारको माग धान्ने नधान्ने अझै एकिन नहुँदा पनि निर्णय कार्यान्वयनमा चुनौती देखिएको हो ।