अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाका किसानहरुलाई घाँसको बीउ वितरण गरिने भएको छ । गोदावरी नगरपालिकाले आर्थिक बर्ष २०८०/०८१ को बार्षिक कार्यक्रम अनुसार किसानहरुलाई निःशुल्क हिउँदे घाँसको बीउ वितरण गर्न लागिएको हो ।

नगरपालिकाको पशु सेवा शाखा मार्फत वितरण गर्ने घाँसको बीउका लागि नगर भित्रका व्यवसायिक पशुपाल फार्म, पशुपन्छी पालक कृषक समुह, अगुवा पशुपालक कृषकहरुलाई निवेदन दिन आग्रह गरिएको छ ।

निःशुल्क घाँसको बीउका लागि असोज २७ गते सम्म निवेदन दिन आग्रह गरिएको छ । घाँसको बीउका लागि फर्म, समुहका कागजात संगै वडाको शिफारिक आवश्यक पर्ने नगरपालिकाको पशु शाखाका प्रमुख राम बहादुर सार्किले बताए ।
उनले किसानको माग संकलन गरेर सोही अनुसार घाँसको बीउ वितरण गरिने बताए । नगरपालिकाले हिउँदे घाँस अन्तरगत बर्सिम र जै को बीउ वितरण गरिने जनाएको छ ।



















