खाेज्नुहाेस

एकदिवसीय विश्वकप: इंग्ल्यान्डमाथि न्युजिल्यान्डको सहज जित

Image

एकदिवसीय विश्वकप क्रिकेटमा न्युजिल्यान्डले सानदार सुरुवात गरेको छ। बिहीबारबाट सुरु भएको एकदिवसीय विश्वकपको आफ्नो पहिलो खेलमा न्युजिल्यान्डले इंग्ल्यान्डलाई ८२ बल बाँकी हुँदै ९ विकेटले पराजित गर्‍यो।

साविक उपविजेता न्युजिल्यान्डले इंग्ल्यान्डले दिएको २ सय ८३ रनको लक्ष्य ३६.२ ओभरमानै १ विकेट गुमाएर पुरा गर्‍यो। न्युजिल्यान्डका लागि डेभोन कन्वे र रचिन रविन्द्रले दोस्रो विकेटका २ सय ११ बलमा २ सय ७३ रनको अविजित साझेदारी गरेपछि न्युजिल्यान्डले फराकिलो जित निकाल्यो।

attariya hospital

कन्वेले १ सय २१ बलमा १९ चौका र ३ छक्काको सहयोगमा १ सय ५२ रनको सानदार इनिङ खेले। त्यस्तै रविन्द्रले ९६ बलमा ११ चौका र ५ छक्काको सहयोगमा १ सय २३ रनको अविजित इनिङ खेले। रचिनले आफ्नो विश्वकप डेब्यूमानै शतक प्रहार गरेका हुन।

navjiwan hospital

जितसँगै न्युजिल्यान्डले अघिल्लो विश्वकपको फाइनलमा बाउन्ड्रीका आधारमा ब्योहोरेको दर्दनाक हारको बदला समेत लिएको छ। २०१९ को विश्वकपको फाइनलमा इंग्ल्यान्ड र न्युजिल्यान्ड बिच खेल बराबरी भएपछि सुपर ओभरमा पुगेको थियो। सुपर ओभरपनि बराबरी भएपछि खेलको निर्णय बाउन्ड्रीका आधारमा हुँदा इंग्ल्यान्ड च्याम्पियन बनेको थियो।

बिहीबार सुरु भएको २०२३ को विश्वकपमा साविक च्याम्पियन इंग्ल्यान्डले न्युजिल्यान्डलाई जितका लागि २ सय ८३ रनको लक्ष्य प्रस्तुत गरेको थियो। अहमदाबाद स्थित नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८२ रन बनाएको थियो।

इंग्ल्यानका लागि जो रुटले सर्वाधिक ७७ रन बनाउँदा जोस बटलरले ४३ रनको इनिङ खेले। त्यस्तै जोनी बेयरिस्टोले ३३ रन बनाउँदा ह्यारी ब्रुक्सले २५ रन बनाए। उसका लागि डेभिड मलानले १४ रन बनाउँदा मोइन अलीले ११ रन बनाएका थिए। थप दोहोरो रनको स्कोरका रुपमा लियम लिभिङस्टोनले २० रन, साम करनले १४ तथा क्रिस वोक्सले ११ रन बनाएका थिए।

मार्क उड १३ र अदिल रसीद १५ रनमा अविजित रहे। न्युजिल्यान्डका लागि म्याट हेनरीले ३ विकेट लिंदा ग्लेन फिलिप्स र मिचेल स्यान्टनरले समान २-२ विकेट लिए।