खाेज्नुहाेस

क्रिकेटर दीपेन्द्रसिह ऐरीकाे सहायक हवल्दारमा बढुवा

Image

प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले क्रिकेटर दीपेन्द्रसिंह ऐरीलाई एक तह बढुवा दिने निर्णय गरेका छन् । चीनको हाङ्झाउमा भएको १९ औं एशियाली खेलकुदअन्तर्गत टी–२० क्रिकेटमा विश्व र्कीतिमान बनाएका क्रिकेटर ऐरी नेपाल पुलिस क्लब क्रिकेट टिमका कप्तान छन् । उनी प्रहरी जवान हुन् ।

navjiwan hospital

महानिरीक्षक कुँवरले ऐरीलाई बधाई दिँदै संगठनका तर्फबाट पुरस्कारसहित सहायक हवल्दार पदमा बढुवा गरेका हुन् ।

attariya hospital

ऐरीले सेप्टेम्बर २७ मा मंगोलिया विरूद्धको खेलमा राष्ट्रको प्रतिनिधित्व गर्दै राष्ट्रिय पुरूष क्रिकेट टिमको तर्फबाट आफूले सामना गरेको पहिलो ६ बलमा ६ छक्का प्रहार गर्दै ९ बलमा अर्धशतक पूरा गरी विश्व कीर्तिमान कायम गरेका थिए ।

प्रहरी महानिरीक्षकले प्रहरी नायब निरीक्षक (सई) सम्म एक आर्थिक वर्षमा १० जनाको बढुवा गर्न सक्ने अधिकार प्रहरी नियमावलीले दिएको छ ।