खाेज्नुहाेस

योग्य खेलाडीको प्रतिभा पहिचान गरिनुपर्छ : मुख्यमन्त्री भट्ट

Image

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले खेलाडीलाई पहिचान गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म पु¥याउन आवश्यक रहेको बताएका छन । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले धनगढी रङ्गशालामा आयोजना गरेको दशौं बृहत राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेशस्तरीय छनोट प्रतियोगिताको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन ।

navjiwan hospital

मुख्यमन्त्री भट्टले खेलकुद क्षेत्रको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा नयाँ प्रतिभाको पहिचानमा विशेष जोड दिनुपर्ने उल्लेख गरे । खेलकुदले खेलाडीको व्यक्तिगत क्षमता विकाससँगै प्रदेश र राष्ट्रको पहिचान स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने गरेको उनको भनाइ छ । उनले सुदूरपश्चिम प्रदेशमा खेलकुदको प्रशस्त सम्भावना रहेको बताए । खेलकुदलाई स्वास्थ्य, अनुशासन, आपसी एकता र राष्ट्रको गौरवसँग जोड्दै खेलाडीलाई आवश्यक अवसर, प्रोत्साहन र पूर्वाधार उपलब्ध गराउनु पर्नेमा उनले जोड दिए ।

attariya hospital

राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशको सुर्खेतमा सञ्चालन हुने दशौँ बृहत राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्ने खेलाडी छनोट गर्ने उद्देश्यले प्रदेशस्तरीय प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगिताअन्तर्गत कैलाली, कञ्चनपुर र डडेल्धुरा जिल्लामा विभिन्न खेल विधाका छनोट प्रतियोगिता सञ्चालन गरिने सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले जनाएको छ ।