डिभी २०२५ को आवेदन आज राति देखि खुल्दै

अमेरिकाको डाइभर्सिफाइड भिसा २०२५ कार्यक्रमका आज राति ९:४५ बजे देखि आवेदन खुल्ने भएको छ ।

maya metro hospital

इस्टर्न स्ट्यान्डर्ड टाइम अनुसार अक्टोबर ४ को १२:०० बजेदेखि डिभी खुलेर नोभेम्बर ७ को १२:०० बजे नै बन्द हुनेछ । इस्टर्न टाइमभन्दा नेपाली स्ट्यान्डर्ड टाइम ९ घण्टा ४५ मिनेट छिटो भएको हुँदा आज राति ९:४५ बजे देखि आवेदन खुल्दैछ । डिभीका लागि जोकोहीले निशुल्क अनलाइन आवेदन दिन सक्दछन् ।

joshi vada pasal 2

डिभीको नतिजा २०२४ को मे मा प्रकाशित गरिनेछ भने छनोट भएकाहरुले सेप्टेम्बर ३० सम्म आप्रवासी भिसाका लागि आवेदन दिएर भिसा प्राप्त गरिसक्नुपर्नेछ । डिभीमार्फत हजारौं नेपाली अमेरिका पुगिसकेका छन् । सन् २०२३मा तीन हजार ८ सय ८ नेपालीलाई डिभी चिट्ठा परेको थियो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.