६ लेन सडकका डिभाईडरमा ट्राफिक सचेतना बोर्ड लगाईए

अत्तरिया – धनगढी–अत्तरिया ६ लेन सडकका डिभाईडरमा ट्राफिक सचेतना बोर्डहरु राखिएका छन । सैपाल ग्यास प्रा.लि.को सहकार्यमा अस्थायी प्रहरी पोष्ट गेटाले आफ्नो क्षेत्रभित्र उक्त बोर्डहरु लगाएको हो ।

maya metro hospital

सैपाल ग्यास प्रा.लि. ले उपलब्ध गराएका ट्राफिक जनचेतना तथा नियम सम्बन्धीका ५ वटा बोर्डहरु डिभाईडरमा लगाईएको वरिष्ठ प्रहरी हवल्दार भानदेव बडुले जानकारी दिए । उनले सवारी चालकहरुलाई ट्राफिक सम्बन्धी जनचेतना दिने लक्ष्यका साथ उक्त बोर्डहरु लगाईएको बताए ।

joshi vada pasal 2

उनका अनुसार डिभाईडरमा एउटा ट्राफिक जनचेतनामुलक जानकारी सम्बन्धीको बोर्ड लगाईएको छ भने ३ वटा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगतका सवारी चालकलाई सचेत गराउने खालका बोर्डहरु लगाईएको छ ।

डिभाईडरमा लगाईएका सबै बोर्डहरु सैपाल ग्यास प्रा.लि. ले उपलब्ध गराएको उनले बताए । प्रा.लि ले एउटा राती चम्किने चेकिङ बोर्ड र २ वटा स्पीड लिमिटका बोर्ड समेत आफुहरुलाई उपलब्ध गराएको उनले बताए । उनले स्पीड लिमिटका बोर्डहरु भने बिहिबार लगाईने जानकारी दिए ।

ट्राफिक नियमको पालना नहुँदा सवारी दुर्घटना बढीरहेकाले सवारी चालकहरुलाई ट्राफिक नियम सम्बन्धी सचेत गराउन बोर्डहरु सहयोग गरिएको सैपाल ग्यास प्रा.लि. का मार्केटिङ मेनेजर मनोज दाहालले बताए ।

उनले समाजमा ट्राफिक नियम सम्बन्धी जनचेतना फैलाउने उद्देश्यले ट्राफिक प्रहरीसँग साझेदारी गरी ६ लेन सडकका डिभाईरमा उक्त बोर्डहरु लगाईएको बताए । उनले सैपाल ग्यास प्रा.लि. ले सामाजिक उत्तरदायित्व अन्र्तगत आगामी दिनहरुमा पनि सामाजिक कार्यमा सहयोग गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.