सरकारद्धारा गेटा विश्वविद्यालयको विधेयक संसदमा पेस गर्न स्वीकृति दिने निर्णय

अत्तरिया – सरकारले शहीद दशरथ चन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० संघीय संसदमा पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले विधेयक संसदमा पेस गर्नका लागि स्वीकृति दिने निर्णय गरेको हो ।

maya metro hospital

मंगलवार बसेको बैठकका निर्णयहरु बुधबार सुनाउँदै सरकारका प्रवक्ता रेखा शर्माले विधेयक संघीय संसदमा पेस गर्न दिने निर्णय भएको बताइन ।

joshi vada pasal 2

सरकारले यसअघि माघ २९ गते गेटामा प्रस्तावित गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो ।

स्थानीयले गेटामा सरकारले घोषणा गरे अनुसार चाडो विधेयक ल्याएर ६ सय शैय्याको अस्पताल संचालन गर्न माग गर्दै विरोध जारी राखेका छन । तर, चालु आर्थिक बर्षको बजेटमा भने सरकारले १ सय शैय्याको अस्पताल मात्रै संचालन गर्ने गरी बजेट विनियोजन गरिएको छ ।

गेटामा हाल करिब ६ अर्वको लगानीमा ६ सय शैय्याको अस्पताल संचालन गर्न मिल्ने भवन तयार भएका छन । समग्रमा गेटामा विश्वविद्यलालय संचालनका लागि ९० प्रतिशत भन्दा बढी काम सम्पन्न भइसकेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.