अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ५ गेटाबाट लागु औषध सहित एक युवक पक्राउ परेका छन । बिशेष सुचनाको आधारमा प्रहरी चौकी गेटाबाट खटीएको प्रहरी टोलीले गेटाको खुनाटोल बस्ने २५ बर्षिय हरि कुमार खुनालाई लागु औषध सहित पक्राउ गरेको हो ।

उनको साथबाट १३० मिलिग्राम लागु औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

प्रहरीले पक्राउ परेका खुनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।