कृष्णपुरमा हात्तीले घर भत्काएका परिवारलाई राहत वितरण

अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिकामा हात्तीले घर भत्काएका परिवारलाई राहत वितरण गरिएको छ । बुधबार स्थलगत अनुगमन गर्न गएको प्रदेशसभा सदस्य ओमविक्रम भाट, नगरप्रमुख हेम राज ओझा सहितको टोलीले हात्तीले घर भत्काएका परिवारलाई राहत वितरण गरेको हो ।

maya metro hospital

गएराती कृष्णपुर नगरपालिका – ४ किचाई शिविर (चपरतला टोल) मा जंगली हात्तिको बथानले ३ घर भत्काएको थियो ।

joshi vada pasal 2

अनुगमनका क्रममा नगर प्रमुख ओझाले कृष्णपुर नगरपालिकाको वन क्षेत्रमा बर्सेनि हात्तीले दुख दिइरहेको भन्दै स्थायी समाधानको लागि सम्बन्धित निकायसँग छलफल गरिरहेको बताए । उनले जिल्ला प्रशासन कार्यालय कंचनपुरलाई खबर गरि आवश्यक क्षतिपूर्तिको लागि पनि आग्रह गरिएको बताए । हात्तीले घर भत्काएका परिवारलाई तत्कालको लागि नगरबाट १/१ थान त्रीपाल र खाद्यान्न सहयोग गरिएको छ ।

हात्तीको बथानले स्थानीय श्यानु चौधरी, गोपाल चौधरी र जयराज चौधरीको घर भत्काएको कृष्णपुर नगरपालिका – ४ का वडाध्यक्ष धर्म बहादुर सिहले बताएका छन । हात्तीले स्थानीयका दर्जनौ विगाहाको धानबालीमा पनि क्षति पुयाएको स्थानीयले बताएका छन ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.