चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटमा भारत, पाकिस्तान, बंङ्लादेश र अफगानस्थान सेमिफाइनलमा प्रवेश गरेका छन । बुधबार भएका २ खेलमा अफगानस्थान र बंङ्लादेश विजयी भएसंगै सेमिफाइनल खेल्ने टिमको टुङ्गो लागेको हो ।

बुधबार भएको पहिलो खेलमा अफगानस्थानले श्रीलङ्कालाई ८ रनले पराजित गरेको थियो । बुधबार नै भएको दोस्रो खेलमा बंङ्गादेशले मलेशिलाई २ रनले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

यसअघि भारतले नेपाल र पाकिस्तानले हङ्कङलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका थिए । सेमिफाइनलका दुवै खेल शुक्रबार हुनेछन । पहिलो सेमिफाइनल खेल भारत र बंङ्लादेश बीच हुनेछ भने दोस्रो सेमिफाइनल खेल पाकिस्तान र अफगानस्थान बीच हुने छ । फाइनमा पुग्ने टिम बीच शनिबार प्रतिस्प्रधा हुने छ ।