खाेज्नुहाेस

एमाले गोदावरीमा प्रतिनिधि चयनका लागि भएको निर्वाचनको मतगणना सुरु भएन

Image

अत्तरिया – नेकपा एमाले सुदुरपश्चिम प्रदेशको महाधिवेशनमा प्रतिनिधि चयनका लागि गोदावरी नगरपालिकामा भएको निर्वाचनको मतगणना सुरु हुन सकेको छैन । प्रतिनिधि चयनका लागि मंगलबार भएको निर्वाचन सोही दिन साँझ ४ः४५ मा सम्पन्न भएको थियो ।

navjiwan hospital

तर निर्वाचन सम्पन्न भएको करिब २० घण्टा बितिसक्दा समेत मतगणना हुन नसकेको हो । मतदान अधिकृत नगेन्द्र नाथले मतदान सम्पन्न भैसकेपनि पार्टीको प्रदेश कमिटिबाट आएको पत्रका कारण मतगणना हुन नसकेको बताए । उनका अनुसार मतदान भैसकेका मतपेटिकाहरु ईलाका प्रहरी कार्यालय मालाखेतीमा राखिएको भएपनि प्रदेश कमिटिले मतगणना नगर्न निर्देशन दिएको छ ।

attariya hospital

‘मतपेटिकाहरु सुरक्षित राखिएको छ’ उनले भने ‘प्रदेश कमिटिले मतगणना नगर्न निर्देशन सहितको पत्र पठाएका कारण हामीले मतगणना सुरु गर्न सकेका छैनौ ।’ उनले सम्भवतः पुन सहमतीका लागि प्रयास भईरहेका कारण मतगणना रोकिएको हुनसक्ने बताए ।

प्रतिनिधिका लागि ३० जनाले उम्मेदवारी दिएका थिए । तर उम्मेदवारी दिएका १६ जनाले निर्वाचन प्रकृयामा सहभागी नहुने भनेपछि गोदावरीमा विवाद सृजना भएको थियो । पार्टीभित्रका केही अग्रज नेताहरुकै रहोवरमा उम्मेदवारी दिएका ३० जनाबिच छलफल गरेर सहमती गराउने प्रयास गरिएपनि सहमती हुन नसक्दा विवाद आएको बताईएको छ ।