बझाङमा भूकम्पबाट १३५ संरचनामा क्षति

बझाङ – बझाङ केन्द्रविन्दु भएर मंगलबार गएको ६.३ रेक्टर स्केलको भूकम्पले १३५ संरचनामा क्षति पुगेको छ । भूकम्पले बझाङमा मात्रै १ सय ३५ संरचनामा क्षति पुगेको हो ।

maya metro hospital

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक दिपेश चौधरीका अनुसार थलारामा ६० घरमा क्षति पुगेको छ । केदारस्यूँमा एक, वित्थडचिरमा २ तथा बुङ्गल नगरपालिकामा ४ घर पूर्णरूपमा क्षति भएका छन् । जयपृथ्वी नगरपालिकामा ४१ घरमा क्षति पुगेको प्रहरीले जनाएको छ । क्षतिको विवरण संकलनको काम जारी रहेको प्रहरीले जनाएको छ ।

joshi vada pasal 2

भूकम्पबाट बझाङमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जयपृथ्वी नगरपालिका–११ ओखलकी ४० वर्षीया गुनमती धामी रहेकी छन् । प्रहरी निरीक्षक चौधरीका अनुसार भूकम्प संगै आएको पहिरोमा परेर धामीको मृत्यु भएको हो ।

बझाङमा भूकम्पबाट ११ जना घाइते भएका छन् । २ जना उपचारपछि घर फर्किएका छन् भने नौ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । अन्य घाइतेहरूको विवरण सङ्कलन र उद्धार चलिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.