खाेज्नुहाेस

शिखर नगरपालिकाद्धारा घर बाहिर अस्थाई टहरामा बस्न अपिल

Image

अत्तरिया – डोटीको शिखर नगरपालिकाले घर बाहिर अस्थाइ टहरामा बस्न अपिल गरेको छ । मंगलबार बझाङ केन्द्र बिन्दु भएर आएको भूकम्प दोहरीन सक्ने सम्भावनालाई मध्यनजर गरी घर बाहिर अस्थाई टहरा भएकालाई सोही स्थानमा बस्न नगरपालिकाले अपिल गरेको हो ।

‘चैनपुर आसपास केन्द्रबिन्दु भएर ६.३ रेक्टर स्केलको भुकम्प गएकोमा सो भुकम्पको धक्का डोटी जिल्लाको यस शिखर नगपालिकामा पनि महसुस भएको र पुनः यस्तै गरी दोहोरिन सक्ने सम्भावनालाई मध्यनजर गरी सम्पुर्ण नगरवासीहरुले सचेत रहि घर बाहिर अस्थायी टहरा निर्माण गरेका भए सोही स्थानमा बस्न हुन आग्रह गरिन्छ’ नगरपालिकाका निमित्त प्रमुख प्रशाशकीय अधिकृत हरिश्वर शाहद्धारा जारी अपिल उल्लेख छ ।

attariya hospital
navjiwan hospital

अपिलमा कुनै प्रकारको सहयोगको आवश्यकता परेमा नगरपालिकाका प्रतिनिधिलाई सम्पर्क गर्न पनि अनुरोध गरिएको छ ।

बझाङमा मंगलबार दिउँसो ३ बजेर ६ मिनेटमा बझाङको चैनपुर केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसको असर सुदूरपश्चिम प्रदेश भरीनै परेको थियो । त्यसअघि र पछि गरी हालसम्म बझाङ केन्द्रबिन्दु भएर ६ वटा भुकम्प गइसकेका छन ।