धनगढी – धनगढीको विपिन स्टेसनरीविरूद्ध ठगि मुद्दा दर्ता गरिएको छ । धनगढी उपमहानगरपालिका – १ मा रहेको विपिन स्टेशनरीविरुद्ध जिल्ला प्रहरी कार्यालय कैलालीमा मुद्दा दर्ता गरिएको हो ।

विपीनबाट मास्टर लाइसेन्सका लागि फाराम भरेकी मनिसा शाहीले प्रवेश पत्र नपाएपछि सो मुद्दा दर्ता गरेको प्रहरीले जनाएको छ । शाहीले विपिनको लापरबाहीका कारण परिक्षा दिनबाट बञ्चित भएको भन्दै उजुरी दिएको बताइन् ।

नौ सय ९० रूपैयाँ तिरेर फर्म भरेको बताउदै परिक्षा केन्द्रमा जाँदा नाम नभएको भन्दै परिक्षा दिनबाट बञ्चित भइन् । उनले साउन २५ गते विपिनमा फाराम भरेकी थिइन । उनका अभिभावक बसन्ती शाहीले विपिनको लापरबाहीका कारण भविष्यमा असर पुगेको बताइन् ।