सुदूरपश्चिम प्रदेश सभामा सुवास नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित

धनगढी – सुदूरपश्चिम प्रदेश सभाले संविधान सभाका अध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । मंगलबार दिउँसो १ बजे बसेको दोस्रो प्रदेश सभाको दोस्रो अधिवेशनको २३ औं बैठकले पूर्वसभामुख एवम् प्रतिनिधि सभा सदस्य नेम्वाङको निधनप्रति शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।

maya metro hospital

२०८० भदौ २६ गते नेम्वाङको निधन भएको थियो । सभामुख भीमबहादुर भण्डारी बैठकमा सभासमक्ष शोक प्रस्ताव प्रस्तुत गरेका थिए ।

joshi vada pasal 2

‘विभिन्न समयमा भएका जन–आन्दोलनमा सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्नुभएका, संविधान निर्माण गर्न अहम् र नेतृत्वदायी भूमिका खेल्नुभएका नेम्वाङको अप्रत्यासित निधनबाट मुलुकलाई अतुलनीय क्षति पुगेको छ, प्रदेश सभाको यो बैठक स्वर्गीय नेम्वाङको निधनप्रति गहिरो शोक प्रकट गर्दै श्रद्धाञ्जली अर्पण गर्दछ र शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गर्दछ,’ प्रस्तावमा भनिएको थियो ।

सभामा उपस्थित सबै सांसदहरूले हात उठाएर शोक प्रस्ताव पारित गरेका थिए । त्यसपछि दिवंगत नेम्वाङको निधनप्रति शोक प्रकट गर्न एक मिनेट उभिएर मौन धारण गरिएको थियो ।
प्रदेश सभाको अर्को बैठक असोज १७ गते बुधबार दिनको १ बजे बस्ने गरि स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.