अत्तरिया – अत्तरिया जेसिज २०२३ संगको सहकार्यमा गोदावरी नगरपालिका – ६ मा रहेको शैलेशवरी माविमा वित्तिय साक्षरता सम्बन्धी कार्यक्रम संचालन गरिएको छ । साइन रेसुङ्गा बैंक शाखा अत्तरियाले अत्तरिया जेसिज संग सहकार्य गरी कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीको उपस्थीतीमा वित्तिय साक्षरता सम्बन्धी कार्यक्रम संचालन गरेको हो ।

कार्यक्रममा अर्थ तथा वित्त व्यवस्थापनका बारेमा विद्यार्थीहरुलाई जनाकारी गराईएको अत्तरिया जेसिजका कार्यकारी उपाध्यक्ष बम बहादुर बोगटीले बताए ।

भविष्यका कर्णधार मानीने बालबालिकाहरुलाई अर्थ तथा वित्त सम्बन्धी ज्ञान अनिवार्य हुने भएकोले उक्त कार्यक्रमको आयोजना गरीएको साइन रेसुङ्गा बैंक शाखा अत्तरियाका प्रमुख लोकेश जोशीले बताए ।
अत्तरिया उद्योग वाणिज्य संघका महासचिव शंकर खड्का प्रमुख अतिथि रहेको उक्त कार्यक्रमको सञ्चालन कार्यकारी उपाध्यक्ष बोगटीले गरेका थिए ।