खाेज्नुहाेस

एकैदिन १३ सयले घट्यो सुनको मूल्य

Image
file photo

साताको तेस्रो कारोबार दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा १३ सय रुपैयाँले ओरालो लागेको छ। पछिल्लो एक सातामा लगातार ओरालो लागेको सुनको भाउले आज पनि निरन्तरता पाएको हो। मंगलबार छापावाल सुन प्रतितोला १३०० रुपैयाँले घटेर १ लाख ६ हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। योसँगै पछिल्लो ७ दिनमा मात्रै सुनको भाउ ५ हजार ६०० रुपैयाँले घट्न पुगेको हो।

navjiwan hospital

यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख ६ हजार १०० रुपैयाँ निर्धारण भएको छ। अघिल्लो मंगलबार, बुधबार, बिहीबार, शुक्रबार, आइतबार र सोमबार सुनको भाउ क्रमशः प्रतितोला ४००, ८००, १४००, ८००, ८०० र १०० रुपैयाँले घटेको थियो। सोमबार छापावाल सुन १ लाख ७ हजार ९०० रुपैयाँ कायम भएको थियो।

attariya hospital

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ७ हजार ४०० रुपैयाँ निर्धारण भएको थियो। मंगलबार चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेर १३ सय १० रुपैयाँ कायम भएको छ।

सोमबार चाँदीको भाउ प्रतितोला १३ सय ४० रुपैयाँ कायम रहेको थियो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ८२०.८९ डलरमा र चाँदी प्रतिऔंस २०.८४ डलरमा कारोबार भइरहेको छ।