बैतडीका ४ हजार घरधुरीमा विजुली जडान

बैतडी – नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रले बैतडीका ४ हजार घरधुरीमा विजुली जडान गरेको छ । जिल्लाका सुर्नया, डिलासैनी, मेलौली, पञ्चेश्वर, दोगडाकेदा, पाटन र सिगासका केही गाउँमा गरी ४ हजार नयाँ घरधुरीमा विद्युत वितरण केन्द्रले बिजुली जडान गरेको हो ।

maya metro hospital

दसैँतिहारसम्म थप एक हजार घरधुरीमा बत्ती बाल्ने लक्ष्य राखिएको विद्युत् वितरण केन्द्रका प्रमुख पवनकुमार भट्टले बताए । बिजुली नपुगेका पञ्चेश्वर, शिवनाथ, सिगास, पुर्चौडी र मेलौलीमा विद्युत् विस्तारको काम निरन्तर चलिरहेको भट्टले बताए ।

joshi vada pasal 2

तल्लोस्वराड, च्वाँगढको सिगास र पुर्चौडी नगरपालिकाका अधिकांश गाउँ बत्तीको पहुँचभन्दा बाहिर रहेकाले स्थानीय तहसँग समन्वय गरेर विद्युत् विस्तारको काम अघि बढेको बैतडी वितरण केन्द्रले जनाएको छ ।

नयाँ ४ हजार सहित जिल्लाका २१ हजार तीन सय घरधुरीमा बिजुली पुगेको छ । जिल्लामा अझै २३ हजार ८९१ घरधुरीमा बिजुली पुग्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.