धनगढी – लामो समयसम्म बिजनेसविहीन रहेको सुदूरपश्चिम प्रदेश सभाको बैठक मंगलबार बस्ने भएको छ । एक महिना बढी समयसम्म अनिश्चित बनेको प्रदेश सभाको बैठक आह्वान गरिएको हो ।
प्रदेशसभा सचिवालय धनगढीले सूचना टाँस तथा प्रदेश सभा सदस्यको मोबाइलमा सन्देश पठाएर बैठकमा सहभागी हुन अनुरोध गरेको छ ।
मंगलबार बस्ने बैठकमा संविधान सभाका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको बताइएको छ ।