खाेज्नुहाेस

दुहुँमा एकल पुरुषलाई पाँच सय मासिक भत्ता

Image

दार्चुला – दार्चुलाको दुहुँ गाउँपालिकाले एकल पुरुषलाई मासिक पाँच सय रुपैयाँ भत्ता दिने भएको छ । पालिकाभित्रका सबै एकल पुरुषलाई सामाजिक सुरक्षाबापत मासिक भत्ता दिने भएको हो । दुहुँ गाउँपालिकाले सूचना जारी गर्दै भत्ता पाउन उमेर पुगेका व्यक्तिलाई वडा कार्यालयमा सम्पर्क गर्न भनेको छ ।

navjiwan hospital

गाउँपालिकाले गैरदलितको हकमा ५० वर्षदेखि ६७ वर्ष ननाघेको तथा दलितको हकमा ५० वर्ष देखि ५९ वर्ष ननाघेको पुरुषलाई मासिक भत्ता उपलब्ध गराउने निर्णय भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरसिंह धामीले जानकारी दिए ।

attariya hospital

गाउँपालिकाको आव ०८०/८१ को नीति तथा कार्यक्रममा समावेश गरी एकल पुरुषलाई भत्ता दिने निर्णय गरेको हो ।